डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा पश्चिम बङ्गालमा श्रद्धाञ्जली कार्यक्रम
डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा पश्चिम बङ्गालमा श्रद्धाञ्जली कार्यक्रम


कोलकाता, 06 जुलाई (हि.स.)। भारत केसरी डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा सोमवार पश्चिम बङ्गालमा विभिन्न कार्यक्रमहरूको आयोजन गरी उनलाई श्रद्धाञ्जली अर्पण गरियो। कोलकाताको रेड रोडमा आयोजित मुख्य समारोहमा मुख्यमन्त्री शुभेंदु अधिकारीले डा. श्यामा प्रसाद मुखर्जीलाई पुष्पाञ्जली अर्पण गरी उनले राष्ट्र निर्माणमा पुऱ्याएको योगदानलाई स्मरण गरे।

यस अवसरमा राज्यका वित्त मन्त्री स्वपन दासगुप्ता, उद्योग मन्त्री तापस राय, खेल मन्त्री इन्द्रनील खाँ, सूचना एवं प्रसारण राज्य मन्त्री पूर्णिमा चक्रवर्ती तथा भाजपाका पूर्व प्रदेश अध्यक्ष तथागत रायले पनि उपस्थित रहेर श्रद्धाञ्जली अर्पण गरे।

डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीको उपलक्ष्यमा कोलकाताको मुरलीधर सेन लेनस्थित भाजपा प्रदेश कार्यालयमा पनि विशेष कार्यक्रम आयोजना गरियो। कार्यक्रममा भाजपाका प्रदेश अध्यक्ष एवं सांसद शामिक भट्टचार्य सहित ठूलो सङ्ख्यामा पार्टी नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

आफ्नो सम्बोधन राख्दै शमिक भट्टाचार्यले भने, डा. श्यामा प्रसाद मुखर्जीले कहिल्यै पनि प्रतिशोधको राजनीति गरेनन्। आज पश्चिम बङ्गालमा उनका आदर्शहरूमाथि आधारित सरकारले कार्य गरिरहेको छ।

यसअघि बिहान पञ्चायत मन्त्री दिलीप घोषले इको पार्कमा डा. श्यामा प्रसाद मुखर्जीको चित्रमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

जयन्तीको अवसरमा राज्यका अन्य विभिन्न जिल्लाहरूमा पनि भाजपाले श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरेको छ। मेदिनीपुर शहरको वार्ड सङ्ख्या नौस्थित भाजपा कार्यालयमा डा. श्यामा प्रसाद मुखर्जीको चित्रमा माल्यार्पण गरियो। यस अवधि विधायक शङ्कर गुच्छेत सहित पार्टीका अनेकौं नेता तता कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रममा डा. श्यामा प्रसाद मुखर्जीका विचार, राष्ट्रवादी दृष्टिकोण तथा उनको राजनीतिक योगदानमाथि विस्तारपूर्वक चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande