
तिनसुकिया (असम), 06 जुलाई (हि.स.)। असमको दुलियाजानस्थित बुढ़ीदिहिङ्ग नदीबाट एकजना युवतीको शव उद्धार गरिएको मामिलामा पुलिसले जाँचलाई तीव्रता दिएको छ। यसरी नै बितेको 24 घण्टादेखि बेपत्ता एकजना किशोरको खोजीमा पुलिस अनि बचाउ दलद्वारा नदी तथा वरपरका क्षेत्रहरूमा व्यापक अभियान सञ्चालन गरिँदैछ।
पुलिस अनुसार घटनाका सबै पाटो र पक्षलाई ध्यानमा राखेर जाँच गरिँदैछ। बेपत्ता किशोरको बारेमा पत्ता लगाउनको लागि नदी तथा वरिपरीका क्षेत्रहरूमा लगातार खोजी अभियान जारी छ। साथै घटनाको वास्तविक कारण अनि परिस्थिति बारे पत्तो लगाउनको लागि प्रमाण पनि जुटाइँदैछ।
पुलिसले मानिसहरूसित अपील गरेको छ, मामिलालाई लिएर कुनै पनि प्रकारको अपुष्ट वा भ्रामक जानकारीको प्रसार नगरियोस्। जाँच तथा खोजी अभियानसित सम्बन्धित आधिकारिक जानकारी समय-समयमा डिब्रुगढ़ पुलिसद्वारा जारी गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा