
दार्जिलिङ, 06 जुलाई (हि.स.)। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको तत्वावधानमा आज अप्पर कार्ट रोडस्थित जयहिन्द भवनमा एक विशेष कार्यक्रमबीच १२५औं डा. श्यामा प्रसाद मुखर्जी जयन्ती पालन गरियो। कार्यक्रममा उत्तर बङ्गाल कृषि विश्व विद्यालयका प्रधानाध्यापकहरुको विशेष उपस्थिति रहेको थियो।
यस अवसरमा दार्जिलिङ जिल्ला स्तरीय नेतृत्त्वहरू, मण्डल अध्यक्षहरु, पञ्चायत समिति अनि ग्राम पञ्चायत सदस्यहरूलाई लिएर क्षेत्रका कृषि विकासका सम्भावना अनि प्रयासहरुबारे एक विशेष कार्यशालाको आयोजना गरिएको थियो। उत्तर बङ्गाल कृषि विश्वविद्यालयका प्राध्यापकले यस क्षेत्रका कृषि विकासका सम्भावना एवं प्रयासबारे जानकारीमूलक वक्तव्य दिएका थिए।
कार्यक्रमलाई भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष शुभ प्रधान र विधायक भरत कुमार छेत्रीले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक