
गान्तोक, 06 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज राजस्थानको जोधपुरस्थित जयनारायण व्यास विश्वविद्यालय परिसरमा आयोजित एक समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने।
कार्यक्रममा राज्यपालको बाहुलीद्वारा शिक्षाको ज्योति जगाउने एवं जसवन्त कलेजका संस्थापक महाराजा जसवन्त सिंह द्वितीयको 8.5 फुट अग्लो पञ्चधातुको प्रतिमा अनावरण गरियो। यो प्रतिमा विश्वविद्यालयको पूर्व छात्रसंघ अध्यक्ष अरविन्द सिंह भाटी र वर्तमान छात्र समितिको आखर उजास अभियान अन्तर्गत स्थापना गरिएको लोकभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।
समारोहलाई सम्बोधित गर्दै राज्यपाल माथुरले भने, 'महाराजा जसवन्त सिंह द्वितीयको यो मूर्ति मात्र होइन, मारवाडको गौरवशाली इतिहास, शिक्षा र सुशासनको जीवन्त प्रेरणा हो।' उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी विचारहरूको उल्लेख गर्दै भने, 'विकसित भारत @2047 को संकल्पलाई साकार गर्नका लागि युवा पीढी यसै आखर उजास (ज्ञानको उज्यालो) सॅंग जोडिनु पर्छ।' उनले युवाहरूलाई राष्ट्र निर्माणमा आफ्नो सक्रिय भागीदारी निर्वाह गर्न आह्वान गरे।
कार्यक्रममा मारवाड़मा पूर्व महाराजा श्री गज सिंह जी, राज्यसभा सांसद डा. सतीश पूनियां, वरिष्ठ नेता राजेन्द्र राठौड़, विधायक बाबू सिंह राठौड़, विश्वविद्यालयका विद्यार्थीहरू, शिक्षाविदहरू आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल