
खरसाङ, 06 जुलाई (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को खरसाङ महकुमा समितिको सभा आज खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा खरसाङ महकुमा समिति अन्तर्गत पर्ने 9 वटा समष्टिहरुका प्रतिनिधिहरुलाई लिएर गरिएको थियो।
सभामा आईजीजेएफको नव गठित खरसाङ महकुमा समितिका पदाधिकारीहरुलाई केन्द्रिय समितिको तर्फबाट नियुक्त पत्र प्रदान गरियो। सोही सभामा रिलिफ कमिटी पनि गठन गरिएको छ। यस रिलिफ कमिटीमा सभापतिको रुपमा दिपराज रसाईली चयन गरियो। यसैगरी, कमिटीमा विभिन्न समष्टिका लागि पनि पदाधिकारीहरु चयन गरिएका छन्।
आईजीजेएफको खरसाङ महकुमा समितिको नवगठित समितिमा सभापति दया देवान, कार्यकारी सभापति मन्दीप लामा, महासचिव अनुजा राई, सह सचिवद्वय देवगन राई र राजु राई, कोषाध्यक्ष सोनाम वाङ्चुक, प्रचार प्रसार सचिव पवनदीप थापा, अभिनन्दन रावत, कानुनी सल्लाहकार पवनदीप थापा, मुख्य सल्लाहकार नर्बु छिरिङ भोटिया, सल्लाहकार एनबी खवास र मदन तामाङ लगायत 11 जनाको कार्यकारी सदस्यहरू चयन भएका छन्।
हिन्दुस्थान समाचार / हनोक