लोकसभा सांसद सुब्बाले एसएसबी महानिर्देशक सिंघलसॅंग गरे भेट
लोकसभा सांसद सुब्बाले एसएसबी महानिर्देशक सिंघलसॅंग गरे भेट


गान्तोक, 06 जुलाई (हि.स.)। सिक्किमको भारत-नेपाल सीमा क्षेत्रहरूमा पूर्वाधार र कनेक्टिभिटीको विकास सम्बन्धी विभिन्न प्रस्तावहरूको स्थिति समीक्षा गर्न सिक्किमका लोकसभा इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघललाई भेटे। उक्त जानकारी आज प्रेस विज्ञप्तिमा दिइएको छ।

बैठकको क्रममा डा. सुब्बाले विचाराधीन प्रस्तावहरूको बारेमा अद्यावधिक जानकारी मागे र रणनीतिक रूपमा महत्त्वपूर्ण सीमा क्षेत्रहरूमा पूर्वाधारलाई सुदृढ पार्न र कनेक्टिभिटी सुधार गर्न यसको समयमै कार्यान्वयनको आवश्यकतामा जोड दिए।

महानिर्देशक सिंघलले प्रस्तावहरूलाई उचित ध्यान दिइरहेको आश्वासन दिए र यसको द्रुत कार्यान्वयनको लागि सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्ने एसएसबीको प्रतिबद्धता व्यक्त गरे।

डा. सुब्बाले सिक्किममा सीमा पूर्वाधार र कनेक्टिभिटीको विकाससँग सम्बन्धित मुद्दाहरूलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande