युकास प्रधानले दिए आईजीजेएफबाट राजीनामा
युकास प्रधान


खरसाङ, 06 जुलाई (हि.स.)। तीनधारेका युकास प्रधानले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) बाट राजीनामा दिएका छन्। उनी पार्टीको केन्द्रिय सदस्य थिए। प्रधानले तीनधारे क्षेत्रमा आईजीजेएफको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आफ्नो राजीनामा विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानले पार्टीबाट राजीनामा दिएपछि अन्य कुनै राजनैतिक दलसित आबद्ध नहुने दाबी गरे। उनले गोर्खा जातिको हित चाहने तथा जाति र माटोको लागि मरिमेट्ने कुनै पनि संघ संस्थाहरु र राजनीतिक पार्टीमा बसेर काम गर्ने इच्छा रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande