
गुवाहाटी, 07 जुलाई (हि.स.)। असम सरकारका मन्त्री बिश्वजीत दैमारीले भने, राज्यमा धर्मान्तरण कानून अन्तर्गत प्रतिबन्धित छ भने यसको विरोधमा पहिलाबाटै कड़ा कानून लागू छ। उनले भने, धर्मान्तरणसित सम्बन्धित कुनै पनि सिकायत पाइए आरोपीहरूविरूद्ध तत्कालै कानूनी कारबाही गरिनेछ। मन्त्री दैमारीले आज असम विधानसभाको कारबाहीमा भाग लिएपछि सदन बाहिर पत्रकारहरूसित कुराकानी गरिरहेका थिए।
दैमारीले मानिसहरूसित धर्मान्तरणको मामिलालाई लिएर सतर्क रहने अनि यस्ता गतिविधिहरूको बारेमा जानकारी भए प्रशासनलाई सूचित गर्ने अपील गरे।
उल्लेखनीय छ, विधानसभामा बजट सत्रको पहिलो दिन जनजाति संस्कृति औ धार्मिक स्वतन्त्रासित सम्बन्धित एक प्रश्नको जवाफमा पनि मन्त्री दैमारीले स्थानीय मानिसहरूको धार्मिक एवं सामाजिक सुरक्षालाई लिएर उत्तर दिएका थिए।
उनले भने, बोडोहरूले यो तय गर्नुपर्छ कि उनीहरूले आफ्नो जनजातीय परम्परालाई अक्षुण्ण राख्नु छ वा क्रिश्चियन भएर बस्नुछ। मन्त्रीले यो पनि आरोप लगाए, राज्यमा धार्मिक अल्पसङ्ख्यकहरूको एक वर्गले अल्पसङ्ख्यक समुदायको लागि उपलब्ध सबै सुविधाहरूको उपभोग गर्नको साथै अवैध रूपमा अनुसूचित जनजाति (एसटी)- को दर्जा प्राप्त गरी जनजातीय समुदायहरूको लागि आरक्षित सुविधाहरूको पनि लाभ उठाइरहेको छ। उनले भने, यस्तो मामिलाको जाँच गरी आवश्यक कारबाही गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा