
गुवाहाटी, 08 जुलाई (हि.स.)। असम विधानसभाको बजट सत्रमा भाग लिन आएका नेता प्रतिपक्ष एवं कङ्ग्रेस विधायक वाजेद अली चौधरीले बुधवार मीडियासित बातचित गर्दै बदरुद्दीन अजमल र विधायक अखिल गोगोईमाथि चर्को हमला गरे। उनले भने, ड्रग तस्करहरूविरूद्ध कारबाही कानूनसम्मत हुनुपर्छ। कुनै पनि प्रकारको एनकाउन्टरलाई सहन गरिनेछैन।
अखिल गोगोईमाथि लक्षित गर्दै चौधरीले आरोप लगाए, उनी मन्त्रीहरूको नजर परिरहनका लागि तथा चर्चा बटुलिरहनका लागि विधानसभामा नियोजित रूपमै अनावश्यक टिप्पणी गरी व्यवधान उत्पन्न गर्ने गर्दछन्।
उनले भने, अखिल गोगोई सर्वसाधारण जनतासित सम्बन्धित मुद्दाहरूलाई उठाउनमा विफल भइरहेका छन्। उनले जनहतिको सट्टा राजनीतिक लाभको लागि सदनमा बबाल गर्नेमाथि अधिक ध्यान दिन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा