एबीवीपीको सदस्यता अभियान कार्यशाला सम्पन्न, सङ्गठन विस्तारमाथि भयो मन्थन
एबीवीपीको सदस्यता अभियान कार्यशाला सम्पन्न, सङ्गठन विस्तारमाथि भयो मन्थन


झाड़ग्राम, 08 जुलाई (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) झाड़ग्राम जिल्ला एकाईद्वारा सदस्यता अभियान अन्तर्गत आयोजित सदस्यता कार्यशाला गए मङ्गलवार अबेर साँझ सम्पन्न भयो। कार्यशालामा सङ्गठन विस्तार, सदस्यता अभियानलाई प्रभावकारी बनाउने तथा आगामी सङ्गठनात्मक गतिविधिहरूलाई लिएर विस्तृत चर्चा गरियो।

कार्यशालालाई सम्बोधन गर्दै दक्षिण बङ्ग प्रान्तका सह-सङ्गठन मन्त्री सञ्जय मल्लिकले सदस्यता अभियानलाई गाउँ-गाउँ अनि महाविद्यालयहरूमा पुऱ्याउने आह्वान गरे। उनले कार्यकर्ताहरूसित अधिकांश विद्यार्थीहरूलाई परिषदसित जोड़्ने आग्रह गरे।

यस अवसरमा मेदिनीपुर एवं ताम्रलिप्त विभागका सङ्गठन मन्त्री सन्दीप दास, विभाग प्रमुख सुजीत मुदली, राष्ट्रिय स्वयंसेवक सङ्घका विभाग सम्पर्क प्रमुख उत्तम बेज, विभाग संयोजक बापी दास, जिल्ला प्रमुख सौमेन पाल तथा जिल्ला संयोजक देवाशिष महतो सहित ठूलो सङ्ख्यामा कार्यकर्ताहरू उपस्थित थिए।

बैठकमा सदस्यता अभियानको रणनीति, सङ्गठन सुदृढ़ीकरण तथा आगामी कार्यक्रमहरूको रूपरेखामाथि विस्तार पूर्वक विचार-विमर्श गरियो। कार्यकर्ताहरूसित अभियानलाई जन-जनसम्म पुऱ्याउने अनि विद्यार्थीहरूको हितको लागि सक्रिय भूमिका निर्वाह गर्ने आह्वान गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande