वाहनमा अण्डा फालिएको मामिलाः मिनाक्षी मुखर्जीले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाइन्
वाहनमा अण्डा फालिएको मामिलाः मिनाक्षी मुखर्जीले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाइन्


कोलकाता, 08 जुलाई (हि.स.)। मिनाक्षी मुखर्जीले शीतलकुचीमा उनको वाहनमा अण्डा फालिएको घटनालाई लिएर बुधवार कलकत्ता उच्च अदालतमा याचिका दर्ता गर्ने अनुमति मागिन्। उनले अदालतसित भविष्यमा यस किसिमका घटनाहरूलाई रोक्नको लागि हस्तक्षेप गर्नने अपील पनि गरेकी छन्।

मिनाक्षीको पक्षबाट अधिवक्ता अभिषेक हलदारले न्यायमूर्ति सौगत भट्टाचार्यको एकल पीठ समक्ष मामिलाको उल्लेख गरे। उनले बताएए गए मङ्गलवार उत्तर बङ्गालको कुचबिहार जिल्लाको शीतलकुचीमा एकजना दिवङ्गत पार्टी कार्यकर्ताको परिवारसित भेटेर फर्किरहेको बेला उनको वाहनमा अण्डा फालियो। यस किसिमको घटनाको पुनरावृत्तिलाई रोक्नको लागि अदालतले हस्तक्षेप गर्न आवश्यक छ।

न्यायमूर्ति सौगत भट्टाचार्यले याचिका दर्ता गर्ने अनुमति दिँदै भने, औपचारिक प्रक्रिया पूरा भएपछि मामिलाको सुनवाई नियमानुसार गरिनेछ।

माकपाको दाबी छ, मोन्टु मियाको दुई दिनअघि संदिग्ध परिस्थितिमा मृत्यु भएको थियो अनि परिवारले यसलाई हत्या मान्छ। पार्टीको आरोप छ, पुलिसले शुरूआती रूपमा सिकायत दर्ता गर्नदेखि अस्वीकार गऱ्यो पछि फेरि सिकायतलाई स्वीकार गऱ्यो।

परिवारसित भेट गरेपछि मिनाक्षी वाहन मार्फत शितककुची बजार भएर गुज्रिरहेकी थिइन्, यसै अवधि उनको वाहनमा केही मानिसहरूले अण्डा फाले। त्यस अवधि वाहनमा पूर्व सांसद आलोकेश दास पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande