केही कङ्ग्रेस नेताहरूले ड्रग्सको व्यापार गर्दछन्: बदरुद्दीन अजमल
केही कङ्ग्रेस नेताहरूले ड्रग्सको व्यापार गर्दछन्: बदरुद्दीन अजमल


गुवाहाटी, 08 जुलाई (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ)- का प्रमुख एवं विधायक मौलाना बदरुद्दीन अजमलले बुधवार कङ्ग्रेसमाथि ड्रग्स तस्करहरूलाई बचाएको आरोप लगाउँदै भने, केही कङ्ग्रेस नेताहरू स्वयं ड्रग्सको व्यापारमा सामेल छन्। उनले ड्रग्सको समस्यालाई ड्रग जिहाद -को संज्ञा दिँदै भने, त्यसैले कङ्ग्रेसले कथित ड्रग्स तस्करहरूविरूद्ध हुने एनकाउन्टरको विरोध गरिरहेको छ।

असम विधानसभाको बजट सत्रको तेस्रो दिनको कारबाहीमा सामेल हुनका लागि आएका अजमलले मीडियासित बातचित गर्दै भने, ड्रग्सको दुष्प्रभाव कुनै एक समुदायमाथि होइन, सम्पूर्ण समाजमाथि पर्छ। उनले भने, आगो लाग्दा मन्दिर र मस्जिदमा कुनै भिन्नता हुँदैन,आगोले सबै कुरा जलाउँछ। त्यसरी नै ड्रग्सले सम्पूर्म समाजको नाश गर्छ।

अजमलले आरोप लगाए, कङ्ग्रेसका केही मानिसहरू ड्रग्सको अवैध व्यापारमा सामेल छन्, त्यसैले पार्टीले ड्रग् तस्करहरूविरूद्ध गरिने भनेको कारबाही तथा एन्काउन्टरको विरोध गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande