
जम्मू, 08 जुलाई (हि.स.)। श्री अमरनाथ जी यात्रा अन्तर्गत बुधवार एकै दिनमा सबैभन्दा अधिक तिर्थ यात्रीहरू प्रस्थान भए।
रेकर्ड 9,837 तिर्थ यात्री जम्मूको भगवती नगर यात्री निवासदेकि पहलगाम औ बालटालस्थित दुई वटा बेस क्याम्प तर्फ प्रस्थान भए।
अधिकारीहरूले बताए, सातौं झुण्ड 361 वटा वाहनहरूमा सवार भएर प्रस्थान भयो। 188 वटा वाहनहरूमा सवार 5,337 तिर्थ यात्रीहरू पारम्परिक पहलगाम रूट भएर प्रस्थान भए भने 173 वटा वाहनहरूमा सवार 4,500 श्रद्धालुहरू सानो बालटाल रूट तर्फ प्रस्थान भए। यस झुण्डमा 6,684 जना पुरुष, 2,730 जना महिला, 21 जना बाल-बालिका, 320 जना साधु, 80 जना साध्वी अनि दुई जना ट्रान्सजेण्डर श्रद्धालुहरू सामेल छन्।
दिन शुरु हुनसाथ भगवती नगर यात्री निवासमा तिर्थ यात्रीहरूको प्रचुर भीड़ देखियो, किनभने देशका भिन्न-भिन्न भागहरूबाट आएका श्रद्धालुहरू पवित्र गुफा मन्दिरको वर्षेनी यात्राको लागि एकत्र भएका छन्। यो यात्रा केही स्तरका सुरक्षा व्यवस्था अन्तर्गत गरिँदैछ जसमा प्रशासन, पुलिस, सीएपीएफ, स्वास्थ्य सेवा औ अन्य विभागहरूबाट व्यापक रूपमा लोजिस्टिक सहायता प्राप्त भइरहेको छ।
57 दिन व्यापी यो वर्षेनी यात्रा गत 3 जुलाईदेखि शुरू भएको थियो भने आगामी 28 अगस्त, रक्षाबन्धनको दिन सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा