
शोणितपुर (असम), 08 जुलाई (हि.स.)। रङ्गापारा रेलवे स्टेशनको चार नम्बर प्लेटफर्ममा आज बिहान आइपुगेको डोनी पोलो एक्सप्रेसमा सञ्चालित खोजी अभियानमा एकजना चोरलाई पक्राउ गरी उसको कब्जाबाट चोरेका तीन वटा मोबाइल फोनहरूलाई जफत गरियो।
प्राप्त जानकारी अनुसार यात्रीहरूलाई सुरक्षा प्रदान गर्नका लागि आरपीएफ सोहन लाल प्रधान, हेड कन्स्टेबल देवाशिष मिश्रा, कन्स्टेबल उमाकान्त यादव तथा कन्स्टेबल सुनिल कुमार, आरपीएफ पोस्ट/आरपीएएन, निरीक्षक दिलीप कुमार तिवारीको निर्देशनमा अभियान सञ्चालन गरियो। भनिन्छ, रेलवे परिसरमा लगातार भइरहेको चिया पसलहरूको ताला भत्काएर चोरी गर्ने जस्ता घटनाहरू तथा असामाजिक तत्वहरू अनि टीओपीबी अपराधीहरूविरूद्ध निवारक अभियान सञ्चालन गर्ने क्रमेमा एकजना व्यक्तिलाई गुड़िरहेको ट्रेनको स्लीपर कोचबाट उत्रेको देखेर शङ्काको आधारममा आरपीएफको टीमले उक्त व्यक्तिलाई समातेर जाँचबुझ गऱ्यो।
जाँच गर्दा व्यक्तिबाट चोरेका तीन वटा मोबाइल फोन भेटियो जसमा एउटा मोटोरोला (कालो रङ्ग),
इटेल (ग्रेडिएन्ट ग्रीन रङ्ग) तथा भीभो (अरोरा गोल्ड रङ्ग)- को मोबाइल फोनहरू सामेल छन्। पुलिसद्वारा गरिएको जाँचबुझमा आरोपीले तीनै वटा मोबाइललाई ढेकियाजुली क्षेत्रमा बेच्ने योजना बनाइरहेको खुलासा भयो।
आरोपीको पहिचान राजा नार्ज़ारी (27, शोणितपुर)- को रूपमा भएको छ। जाँचबुझपछि रङ्गापारा रेलवे आरपीएफले आरोपीलाई मोबाइल सहित रङ्गापारा जीआरपीलाई अग्रिम कारबाहीको लागि सुम्पिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा