
इटानगर, 08 जुलाई (हि.स.)। अरुणाचल प्रदेशको वेस्ट सियाङ्ग ज़िल्लाको आलोमा आपस्तमा बहस भएपछि एकजना 25 वर्षीय महिलाको आफ्नै पतिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको मामिला प्रकाशमा आएको छ। यो घटना गत सोमवार राती लगभग 10.30 बजे आलोको ओल्ड टाउन क्षेत्रस्थित एउटा क्लब बाहिरभएको बताइएको छ।
पुलिसले बुधवार बतायो, आरोपी जसको पहिचान टोडक गोमदिर (45)-को रूपमा भएको छ,-ले कथित रूपमा बारभित्र पस्दा त्यहाँ आफ्नी पत्नी टोटार गङ्गक गोमदिर (25)-लाई देखे। आफ्नी पत्नीको परपुरूषसित अफेयर रहेको उसलाई शङ्का लाग्यो।
बारभित्रै पति-पत्नीबीच बहस भयो जसपश्चात कर्मचारीहरूले उनीहरूलाई बाहिर गएर बहस गर्न भने। पुलिसले बतायो, उनीहरू बारबाट बहस गर्दै निक्लिँदा आरोपीले कथित रूपमा आफ्नो वाहनबाट धारिलो हतियार निकाल्यो अनि आफ्नी पत्नीमाथि हमला गऱ्यो जसले गर्दा उसको गर्दनमा चोट लाग्यो।
महिलालाई तुरून्तै नजिकैको अस्पतालमा लैजाने प्रयास गरियो। पुलिसले बतायो, एम्बुलेन्समा उसको नब्ज चलिरहेको थियो, तर अस्पतालमा पुग्नसाथ उसको मृत्यु भयो।
जिल्ला पुलिस अधीक्षक करदक रिबाले बताए, पुलिसकर्मी घटनास्थलमा पुग्दा पीड़िता रगताम्मे भएर लड़िरहेको पाइयो भने आरोपी घटनास्थलबाट भागिसकेको थियो। तथापि उसले मङ्गलवार बिहान आफै पुलिस समक्ष आत्मसमर्पण गरे।
पुलिसले क्षेत्रको सीसीटीभी फुटेजलाई जफत गरेको छ। साथै घटनाक्रमको पत्तो लगाउनको लागि जाँच शुरू गरेकोछ। पुलिसले साक्षीहरूसित जाँचबुझ गरिरहेको छ। आलो पुलिस स्टेशनमा यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरिएको छ। आवश्यक औपचारिकता पूरा भएपछि महिलाको शवलाई अन्तिम संस्कारको लागि उसको परिवारलाई सुम्पिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा