
डिब्रुगढ़ (असम), 08 जुलाई (हि.स.)। डिब्रुगढ़ जिल्लाको टिङ्गखाङ्गस्थित माटियाखाना क्षेत्रमा ब्रह्मपुत्र नदीले भयानक कटाउको रूप धारण गरेको छ। हेर्दा-हेर्दै नदीले लगभग 70 मीटर भूमिलाई आफूभित्र समाहित गरेको छ।
नदीको तीव्र कटाउले गर्दा मानिसहरूमा सन्त्राष फैलिएको छ। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै जल संसाधन विभागले राहत अनि कटाउरोधी कार्य शुरू गरेको छ। नदीको बढ़्दो कटाउलाई रोक्नको लागि विभागका टीमहरू रातभरि आपतकालीन कार्यमा जुटिरहे।
उल्लेखनीय छ, प्रत्येक वर्ष बर्खाको मौसममा ब्रह्मपुत्र नदीको तट कटाउबाट ग्रामीणहरूमा व्यापक भय देखि्छ। सरकारद्वारा प्रत्येक साल नै समाधान गर्ने आश्वासन दिइन्छ, तर स्थितिमा कुनै भएको देखिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा