
नयाँ दिल्ली, 08 जुलाई (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले बुधवार राजौरी गार्डन विधानसभाको दौड़ाह गरी स्थानीय मानिसहरूसित यहाँका विकास कार्यहरूलाई लिएर चर्चा गरे। यस अवधि मन्त्रीले क्षेत्रका सड़कहरूको नवीनीकरणको उद्घाटन त्यहाँका जनताको हातबाट गराए। सो जानकारी सिरसाले सोशल मीडिया अकाउन्ट एक्समा साझा गरे।
मन्त्री सिरसाले भने, यी सड़कहरू उनीहरूका हुन् अनि यस विकासको सबैभन्दा बढ़ी हकदार पनि उनीहरू नै छन्। विकास त्यसबेला मात्रसार्थक हुनेछ जतिबेला त्यसमा जनताको सहभागिता देखिन्छ।उनले भने, राजौरी गार्डनको विकास को यो यात्रा स्थानीय मानिसहरूको सहयोगले लगातार अगाड़ि बढ़्नेछ।
यसपूर्व मन्त्री सिरसाले आज राजौरी गार्डनमा वीर चक्रबाट सम्मानित कर्नल अमरिक सिंहको घरमा गएर उनको पोट्रेट अनावरण गरे। यस अवसरमा उनका छोरा क्याप्ट हरबख्श सिंह (सेवानिवृत्त) औ परिवारका अन्य सदस्यहरू उपस्थित थिए।
सिरसाले उनको वीरता पदक औ उनीसित सम्बन्धित स्मृतिहरूलाई नमन गरे। उनले भने, यो एउटा परिवार मात्र नभएर राष्ट्रसेवा तथा बलिदानको जीवन्त परम्परा हो। यस्ता वीर सपूतहरूको गाथाहरूले हामीलाई सदैव स्मरण गराउँछ कि भारतको शक्ति उसको सेनाको शौर्य, परिवारको त्याग अ्नि राष्ट्रप्रति अटुट समर्पणमा निहीत छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा