दुधेको बालासन नदीमा सेनाको सहयोगमा निर्माण गरिएको बेली ब्रिजको उद्घाटन
Bailey bridge opening at dudhey


खरसाङ, 08 जुलाई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत दुधेको बालासन नदीमा सेनाको सहयोगमा निर्माण गरिएको बेली ब्रिजको आज उद्घाटन गरिएको छ। दुधेस्थित बालासन नदीमा पुल बगाएपछि सिलगढी र मिरिकमाझको यातायात व्यवस्था बन्द भएको थियो। बालासन नदीमा सेनाको सहयोगमा बेली ब्रिजको निर्माण कार्य चलिरहेको थियो भने सेनाले 20 दिनको समयका नै उक्त बेली ब्रिजको निर्माण कार्य पूरा गरेको छ।

दार्जिलिङका सांसद राजु बिष्टको विशेष सक्रियता अनि राज्यका मुख्यमन्त्री सुभेन्दु अधिकारीको सकारात्मक पहलमा सिलगढी अनि मिरिकको जीवन रेखा मानिने दुधे बालसन नदीमाथि बीस दिनको छोटो समयमा बेली ब्रीजको विधिवत उद्घाटन गरिएको छ। बेली ब्रीज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भारतीय सैनिकहरुप्रति पनि सांसद राजु बिष्टले कृतज्ञता व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande