
पूर्व मेदिनीपुर, 08 जुलाई (हि.स.)। हल्दिया पेट्रोकेमिकल्स क्षेत्रमा नाफ्था पाइपलाइन विस्फोटपछि भएको भीषण अग्निकाण्डको कारणले भान्सा ग्यास (एलपीजी)- को आपूर्ति प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ। जिल्ला प्रशासन औ तेल कम्पनीहरूका अधिकारीहरूको भनाइ छ, क्षतिग्रस्त पाइपलाइनको शीघ्र मरम्मत नभए एलपीजी उत्पादन घट्नसक्छ जसबाट बजारमा भान्सा ग्यासको सङ्कट उत्पन्न हुनसक्छ।
उल्लेखनीय छ, गत 30 जूनमा हल्दियाको चिरञ्जीबपुर क्षेत्रमा अवस्थित कारखानाको पाइपलाइनमा भयानक आगो लागेको थियो। यस दुर्घटनामा विभिन्न औद्योगिक एकाईहरूको पाइपलाइन, झोपड़ी बस्ती, रूखपात तथा पशु-पंक्षीहरू प्रभावित भएका थिए। दुर्घटनामा दुई जना मानिसहरूको पनि मृत्यु भएको थियो भने केही घाइतेहरू अहिले पनि उपाचाराधिन छन्। घटनापछि जिल्ला प्रशासनले औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्थाको व्यापक समीक्षा गर्न प्रारम्भ गरेको छ।
यसै क्रममा गए मङ्गलवार हल्दिया भवनमा पूर्व मेदिनीपुरका जिल्लाधिकारी निरञ्जन कुमारको अध्यक्षतामा एक उच्चस्तरीय बैठक आयोजना गरियो। बैठकमा हल्दियाकी उपमण्डलाधिकारी सुरभि सिङ्गला, इण्डियन ओयल, भारत पेट्रोलियम, हल्दिया पेट्रोकेमिकल्स, एक्साइड सहित लगभग 38 वटा औद्योगिक संस्थानहरूका प्रतिनिधिहरू उपस्थित थिए। लगभग दुई घण्टासम्म चलेको बैठकमा औद्योगिक क्षेत्रको सुरक्षा, पाइपलाइन निगरानी औ भविष्यको कार्ययोजनामाथि विस्तारपूर्वक चर्चा भयो।
बैठक पश्चात अबेर साँझ जिल्लाधिकारी निरञ्जन कुमारले बताए, औद्योगिक संस्थानहरूलाई दुई-तीन दिनभित्रमा आ-आफ्नो पाइपलाइन नेटवर्कको विस्तृत चित्र प्रशासनलाई उपलब्ध गराउने निर्देश दिइएको छ। साथै पाइपलाइनहरूको निगरानीको लागि सीसीटीभी क्यामराहरूको सङ्ख्या बढ़ाउने तथा नियमित गस्ती सुनिस्चित गर्न भनिएको छ। सुरक्षाको दृष्टिले पाइपलाइनको वरिपरी बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने दिशामा पनि आवश्यक कदम उठाउने निर्णय लिइएको छ।
उनले अझ बताए, अग्निकाण्ड को कारण पत्तो लगाउन जाँच भइरहेको छ। विस्तृत रिपोर्टको आधारमा अग्रिम कारबाही गरिनेछ।
यसबीच इन्धन ग्यासको उपलब्धतालाई लिएर चिन्ता व्यक्त गरिएको छ। इण्डियन ओयलका महाप्रबन्धक (तकनिकी) अविकार पालले बताए, आगलागीको कारणले एलपीजी ग्यासको पाइपलाइनलाई व्यापक क्षति पुऱ्याएको छ। यदि शीघ्र मरम्मत गरिएन भने उत्पादन घट्नेछ जसको परिणामस्वरूप बजारमा एलपीजीको अभाव हुनसक्छ। यदि मरम्मत कार्य द्रूत गतिमा पूरा गरिए 15-20 दिनभित्रमा स्थिति सामान्य हुने सम्भावना छ। क्षतिग्रस्त पाइपलाइनको युद्धस्तरमा मरम्मत गरी आपूर्ति व्यवस्थालाई चाँड़ै बहाल गर्ने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा