
गुवाहाटी, 08 जुलाई (हि.स.)। द्वितीय विश्व युद्धको इतिहासमा महत्वपूर्ण स्थान राख्ने असमको ऐतिहासिक लिडु अब भारतीय अन्तरिक्ष अनुसन्धानको नयाँ पहिचान बन्न गइरहेको छ। चाँड़ै यहाँ इसरोको अनुसन्धान केन्द्र स्थापना हुनेछ।
प्राप्त जानकारी अनुसार लिडुमा 82 करोड़ रुपियाँको लागतबाट स्याटेलाइट अर्थ स्टेशन निर्माण गरिनेछ। यस परियोजनाबाट भारतको अन्तरिक्ष अनुसन्धान एवं उपग्रह सञ्चार क्षमतालाई थप बल प्राप्त हुनेछ।
यस पहलबाट ऐतिहासिक लिडु युद्धकालीन धरोहरसँगसँगै भारतको अन्तरिक्ष अनुसन्धानको एक महत्वपूर्ण केन्द्रको रूपमा पनि नयाँ पहिचान हासिल गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा