उत्तर बङ्गालमा घना वर्षा हुने अनुमान, दक्षिण बङ्गालमा आद्रता कायम
उत्तर बङ्गालमा घना वर्षा हुने अनुमान, दक्षिण बङ्गालमा आद्रता कायम


कोलकाता, 08 जुलाई (हि.स.)। पश्चिम बङ्गालका अधिकांश भागहरूमा बुधवार मौसमको स्वरूप भिन्नै देखिनेछ। मौसम विभाग औ क्षेत्रीय मौसम केन्द्र, कोलकाता अनुसार राज्यमा दिनभरि नै सामान्य रूपमा बादल लागिरहनेछ। भारी आद्रताबीच हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ।

मौसम विभाग अनुसार मनसुनी हावा सक्रिय भएकोले तथा वातावरणमा नमीको मात्रा अधिक भएकोले राज्यभरि नै आद्रताको प्रभाव कायम रहनेछ। अधिकतम तापमान 32 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ। तथापि हावामा 80-90 प्रतिशतसम्म नमी रहेको कारणले वास्तविक तापमानको अनुभव 40-42 डिग्री सेल्सियससम्म हुनसक्छ जसबाट मानिसहरूलाई तीव्र आद्रताको सामना गर्नुपर्नेछ।

मौसम विज्ञानिकहरू अनुसार राज्यका विभिन्न जिल्लाहरूमा वर्षा हुने सम्भावना 60-90 प्रतिशतबीच रहेको छ। दक्षिण दिशाबाट 10-15 किलोमीटर प्रतघण्टाको गतिले चल्ने हावाले पर्याप्त मात्रामा जलवाष्प लिएर आइरहेको छ जसको प्रभावले कोलकाता, हावड़ा, हुगली तथा उत्तर औ दक्षिण 24 परगना सहित केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने अनि कतिपय स्थानहरूमा वज्रपात हुने आशङ्का छ।

दक्षिण बङ्गालका कोलकाता, हावड़ा, जगाचा लगायत वरपरका क्षेत्रहरूमा बिहानदेखिकै बादलहरूको आवागमन शुरू भएको छ। विष्णुपुर, बीरभूम, पूर्व मेदिनीपुर औ झाड़ग्राम वनक्षेत्रमा पनि अपरान्हपछि अथवा साँझको समयमा तीव्र गर्जनसितै वर्षा अनि कतै-कतै तीव्र हावा चल्ने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागले मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ।

उत्तर बङ्गालमा मनसुनको प्रभाव अझ अधिक सक्रिय भएको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहार जिल्लामा मध्यमदेखि भारी वर्षाको श्रृङ्खला जारी रहने अनुमान लगाइएको छ। पर्वतीय औ तराई क्षेत्रमा लगातार वर्षा भइरहेकोले स्थानीय स्तरमा जलभराउ अनि पैह्रो जाने स्थिति उत्पन्न हुनसक्छ।

मौसम विभागको भनाइ छ, आगामी केही दिनसम्म राज्यमा मनसुनी गतिविधिहरू कायम रहने सम्भावना छ भने केही जिल्लाहरूमा रोकिँदै पानी पर्ने क्रम यथावत रहनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande