
खड़गपुर, 08 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग संख्या-16 मा गए मङ्गलवार अबेर राती भएको भयानक दुर्घटनामा एकजना लरी चालकको मृत्यु भयो।
पुलिस अनुसार खड़गपुर तर्फ गइरहेको मालवाहक लरी अनियन्त्रित भएर राष्ट्रिय राजमार्गको किनारमा खड़ा अर्को लरीसित पछिबाट ठोक्कियो। यस भयानक ठक्करपछि दुर्घटनाग्रस्त लरीका चालक वाहनबाट उछिटिएर सड़कमा मुर्छित पऱ्यो।
यसै अवधि विपरीत दिशाबाट आइरहेको अर्को मालवाहक लरी चालकमाथि गुड़्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।
सूचना पाउनसाथ राष्ट्रिय राजमार्ग प्राधिकरण तथा खड़गपुर स्थानीय थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। दुर्घटनाग्रस्त वाहनलाई हटाएर राजमार्गमा यातायातलाई सामान्य बनाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा