
खड़गपुर, 08 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्ला अन्तर्गत खड़गपुर शहरको पुरातन बजार क्षेत्रमा राष्ट्रिय शतरञ्ज खेलाड़ीको घरमा भएको चोरीको घटनाले क्षेत्रमा सन्त्राष फैलाएको छ। चोरहरूले घरमा कोही पनि नभएको मौका छोपेर घरमा राखिएको सुनका गहनाहरू लिएर भागे। घटनाको सूचना पाएर खड़गपुर शहर थाना पुलिसले जाँच शुरू गरेको छ।
पीड़िता मौसमी घोष जो विधवा हुन्, आफ्नी छोरी प्रेरणा घोषसित केही महिनाअघि पुरातन बजारस्थित एउटा भाड़ाको घरमा बस्न आएकी थिइन्। प्रेरणा घोष राष्ट्रिय स्तरकी शतरञ्ज खेलाड़ी हुन् भने हालैमा जम्मूमा आयोजित राष्ट्रिय शतरञ्ज प्ररतियोगितामा भाग लिन आएकी थिइन्। आमा-छोरी घरमा ताला लगाएर बाहिर गएका थिए।
मङ्गलवार साँझ उनीहरू आफ्नो घरमा फर्किँदा मुख्य द्वारको ताला भत्किएको पाइयो। घरभित्र प्रवेश गर्दा सबै कोठाहरू अस्त-व्यस्त भएका थिए। अलमारीको लक पनि भाँचिएको थियो। जाँच गर्दा अलमारीमा राखिएको सुनका दुई वटा चुरा र एउटा सुनको चेन हराइसकेको थियो। त्यसपछि परिवारले तत्कालै पुलिसलाई सूचित गऱ्यो।
सूचना पाएर खड़गपुर शहर थाना पुलिसले मङ्गलवार राती घटनास्थलमा पुगी निरीक्षण गऱ्यो। पुलिसले वरिपरीका मानिसहरूसित जाँचबुझ गर्न शुरू गर्नको साथै क्षेत्रका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।
पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। चोरी भएका गहनाहरू फेला पार्न तथा आरोपीहरूलाई चिन्हित गर्नको लागि विभिन्न पाटो र पक्षहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा