
खरसाङ, 08 जुलाई (हि.स.)। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लीग २०२६ को तेस्रो संस्करण गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको छ। बुधवार यस टुनमेन्ट अन्तर्गत ए डिभिजनको दुईवटा खेल सम्पन्न भयो।
पहिलो खेल खरसाङ लिजेन्ड युनाइटेड अनि टुङ फुटबल क्लबमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ लिजन्डले युनाइटेड टुङ फुटबल क्लबलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरि ३ अङक हासिल गरेको छ। खरसाङ लिजन्डका सुसान्त घलेले १ गोल गरि दललाई बढ़त दिलाएकोमा खेलको उत्कृष्ट खेलाड़ी चयन गरियो। तिनलाई केएफसीका मुख्य प्रशिक्षक दिनकार छेत्रीको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।
दोस्रो खेल कञ्चनजङ्घा फुटबल क्लब अनि खरसाङ स्पोर्टिङ क्लबमाझ सम्पन्न भयो। यस खेल कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) ले १ गोलको विरुद्ध ७ गोल गरेर खरसाङ स्पोर्टिङ क्लब (केएससी) लाई परजित गरि ३ अङक हासिल गरेको छ। कञ्चनजङ्घा फुटबल क्लबका लाक्पा तामाङले ३, मञ्जिल सुब्बाले २, अनिस राईले १ अनि अभिषेक छेत्रीले १ गोल गरे।
खेलको उत्कृष्ट खेलाड़ी लाक्पा तामाङलाई चयन गरियो। उनलाई भूतपूर्व खेलाड़ी तथा केएफएका टेक्निकल टीम को-अर्डिनेटर ईन्द्र प्रकाश लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। यस खेलमा केएससीका अल्केशले १ गोल गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक