ग्रीन बसहरूमाथि महानगर प्रशासनको कड़ाई, 63 जना चालकहरूको लाइसेन्स रद्द
ग्रीन बसहरूमाथि महानगर प्रशासनको कड़ाई, 63 जना चालकहरूको लाइसेन्स रद्द


गुवाहाटी, 08 जुलाई (हि.स.)। गुवाहाटीमा यातायात व्यवस्थालाई अधिक सुरक्षित औ सुव्यवस्थित बनाउनको लागि कामरूप (मेट्रो) जिल्ला प्रशासनले ग्रीन बसहरूविरूद्ध कड़ा कारबाही शुरू गरेको छ।

कारबाही अन्तर्गत यातायात नियम तथा परिचालन निर्देशहरूको उल्लङ्घन गर्ने 63 वटा ग्रीन बस चालकहरूको ड्राइभिङ्ग लाइसेन्स रद्द गरिएको छ।

प्रशासनले निर्देश दिएको छ, अबदेखि ग्रीन बसहरू सड़कको देब्रे तर्फ मात्र चल्नेछन्। कुनै पनि परिस्थितिमा उनीहरूलाई निर्धारित मार्ग परिवर्तन गर्ने अनुमति दिइनेछैन।

प्रशासनले चेताउनी जारी गरेकोछ, यदि कुनै बसले यी निर्देशहरूको उल्लङ्घन गरे उसको सेवा सात दिनको लागि निलम्बन गरिनेछ। अधिकारीहरू अनुसार यो कदमले शहरमा सार्वजनिक परिवहनलाई अधिक सुरक्षित औ अनुशासित बनाउने उद्देश्यले उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande