मरम्मत कार्यको लागि दुई महिना बन्द रहनेछ पुरानो सराइघाट पुल
मरम्मत कार्यको लागि दुई महिना बन्द रहनेछ पुरानो सराइघाट पुल


गुवाहाटी, 08 जुलाई (हि.स.)। आवश्यक मरम्मत एवं रखरखाउ कार्य भइरहेकोले ब्रह्मपुत्र नदीमाथि निर्मित पुरानो सराईघाट पुललाई दुई महिनासम्म वाहनहरूको आवागमनको लागि बन्द राखिनेछ।

प्रशासन अनुसार आगामी 16 जुलाईदेखि 15 सेप्टेम्बरसम्म पुलमा सबै प्रकारका वाहनहरूको आवागमन पूर्ण रूपले बन्द रहनेछ। यस अवधि वाहनहरूलाई नयाँ सराईघाट पुल भएर गुज्रिनुपर्नेछ।

यातायातलाई सुचारु बनाइराख्नको लागि नयाँ सराईघाट पुलमा डिभाइडरको व्यवस्था गरिनेछ ताकि मरम्मत अवधि वाहनहरूको सुरक्षित अनि व्यवस्थित सञ्चालन सुनिश्चित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande