
इम्फाल, 08 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बल अनि पुलिसले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गर्दै प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत गरेको छ भने विभिन्न उग्रवादी सङ्गठनहरूसित जोड़िएका चार जना सक्रिय सदस्यहरू अनि धन आर्जन गर्नेहरूलाई पक्राउ गरेको छ।
आज दिइएको आधिकारिक जानकारी अनुसार सुरक्षा बलहरूले बितेको मङ्गलवार राती तामेङ्गलोङ्ग जिल्लाको तामेई थाना अधिनस्थ आईटी रोडस्थित तामेई एवं वरपरका क्षेत्रहरूममा खोजी अभियान सञ्चालन गरी तीन वटा कार्बाइन मशिन गन, दुई वटा .32 पिस्तोल, एउटा एके-47 राइफल, तीन वटा लाथोड गन, दुई वटा ब्यारल लोडेड बन्दुक, 82 वटा जीवित कारतूस तथा एउटा बुलेटप्रूफ ज्याकेट जफत गरे।
इम्फाल पश्चिम जिल्लाको ल्यामसाङ्ग थाना क्षेत्रबाट निङ्गथौजाम रोशन सिंह (29)-लाई पक्राउ गरियो। पुलिसानुसार उसले उक्त क्षेत्र भएर गुज्रिने वाहनहरूबाट अवैध असुली गर्थ्यो।
यसरी नै गत 06 जुलाईका दिन बिष्णुपुर जिल्लाको नामबोल थाना क्षेत्रबाट पीएलए/आरपीएफका सक्रिय क्याडर केइशाम केनेडी सिंह उपनाम रोजर (38)-लाई धन उपार्जनको आरोपमा पक्राउ गरिएको थियो।
यसै दिन जिरीबाम जिल्लाको नुङ्गखाल ब्रिज क्षेत्रबाट केएनएफका सक्रिय सदस्य मोहम्मद अब्दुल्ला हुसैन (22)-लाई पक्राउ गरिएको थियो। उसको कब्जाबाट देशी .32 पिस्तोल, एउटा म्यागजिन र 6 वटा जीवित कारतूस जफत गरिएको थियो। काकचिङ्ग जिल्लाको सुगनु थाना क्षेत्रबाट पनि केसीपी (नोङ्गद्रेनखोम्बा)- का सक्रिय क्याडर मोइराङ्गथेम थोइबा सिंह (30)-लाई पक्राउ गरियो।
यसबीच इम्फाल पूर्व जिल्लाको लामलाई थाना क्षेत्रको पुङ्गडोङ्गबाम अवाङ्ग लैकाईमा भएको खोजी अभियानमा 17 प्याकेट संदिग्ध गाँजा जफत गरियो जसको वजन 221 किलोग्राम रहेको बताइएको छ। सबै मामिलाहरूमा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा