
महोबा, 08 जुलाई (हि.स.)। बुन्देलखण्डको महोबा जिल्लाको सदर कोतवाली क्षेत्रको एक गाउँमा एक पुरुषले एक महिलाको घरभित्र पसेर महिलासित अश्लीलता गऱ्यो। आरोपीले उनको घाँटी थिच्यो, उनको लुगा च्यात्यो र उनको भाइले प्रतिरोध गर्दा भाइको टाउकोमा लौरोले हिर्कायो। पुलिसले उजुरीको आधारमा मुद्दा दर्ता गरेको छ र यस विषयमा अनुसन्धान शुरु गरेको छ।
जिल्लाको सदर कोतवाली क्षेत्रको एक गाउँकी एक महिलाले भनिन्, 30 जून अबेर साझँ उनी आफ्नो घरमा खाना पकाइरहेकी थिइन्, त्यही गाउँको निवासी करणले उनीकहाँ आएर दुर्व्यवहार गर्नथाल्यो। जब उनले प्रतिरोध गरिन्, आरोपीले उनलाई आक्रमण गऱ्यो, उनको घाँटी थिच्यो र उनको लुगा च्यात्यो। महिला चिच्याएपछि उनको भाइ उनलाई बचाउन आउँदा, करणले उनको टाउकोमा लौरोले प्रहार गऱ्यो।
त्यसपछि अभियुक्तले आफ्नो भाइ भान र परिवारका अन्य सदस्यहरूसँग मिलेर दुई दिदी-भाइलाई नराम्रोसँग कुटपिट गऱ्यो।
सदर कोतवाली प्रभारी निरीक्षक मनीष कुमार पाण्डेले बताए, पीड़ितको उजुरीको आधारमा अभियुक्त करण, उसका भाइ भान, परमेश्वरी दयाल र उनका सात सहयोगीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। उप-निरीक्षक शिवम पाण्डेले मुद्दाको अनुसन्धान गरिरहेका छन्। दोषीहरू विरुद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी