पीसीएसको नवनिर्वाचित कार्यकारी समितिले मुख्यमन्त्रीसॅंग गऱ्यो शिष्टाचार भेट
पीसीएसको नवनिर्वाचित कार्यकारी समितिले मुख्यमन्त्रीसॅंग गऱ्यो शिष्टाचार भेट


गान्तोक, 08 जुलाई (हि.स.)। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) को नवनिर्वाचित कार्यकारी समितिले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गऱ्यो। पीसीएसको अगुवाई नवनिर्वाचित अध्यक्ष समीरहाङ लिम्बूले गरेको थियो। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्रीले पीसीएसको नवनिर्वाचित कार्यकारी समितिसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्। पीसीएसको नयॉं टिमले युवा ऊर्जा, उत्साह र अनुभवको राम्रो मिश्रणको प्रतिनिधित्व गरेको छ भन्दै यसले मिडिया समुदाय र समाजलाई व्यापक रूपमा सेवा गर्ने प्रेस क्लबको भूमिकालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

अन्तरक्रियाको क्रममा प्रेस समुदायका सदस्यहरूका लागि सरकारले प्रदान गरिरहेका विभिन्न सुविधाहरू र कल्याणकारी उपायहरूको वर्तमान स्थितिको बारेमा सोधपुछ गरेको उनले उल्लेख गरेका छन्। उनले नवनिर्वाचित कार्यकारी समितिलाई हार्दिक बधाई दिएँ र संस्थाको आगामी स्थापना दिवसको सफलताको लागि शुभकामना व्यक्त गरे।

मुख्यमन्त्रीले सिक्किमको प्रेस क्लबको विकास र संस्थाको प्रयासमा सफलताको कामना गर्दै जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्न र राज्यमा मिडिया परिदृश्यलाई सुदृढ पार्न निरन्तर योगदानको आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande