
गान्तोक, 08 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक बीएस पन्थलाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन्। विधायक पन्त अस्वस्थताका कारण अस्पतालमा उपचाराधीन छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा उपचाराधीन विधायक बीएस पन्तलाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताएका छन्। उनले विधायक पन्तको सुस्वास्थ्यको कामना गर्दै उनी चॉंडै आफ्नो सामान्य दिनचर्यामा फर्कुन् भनी प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल