अपराधीहरूप्रति अलिकति पनि लचकता देखाइनेछैन, कानून व्यवस्थासर्वोच्च प्राथमिकता हो: दिलीप घोष
अपराधीहरूप्रति अलिकति पनि लचकता देखाइनेछैन, कानून व्यवस्थासर्वोच्च प्राथमिकता हो: दिलीप घोष


कोलकाता, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामोन्नयन मन्त्री दिलीप घोषले अपराधीहरूप्रति कड़ा व्यवहार अप्नाउने सङ्केत दिँदै स्पष्ट रूपमा भने, राज्यमा अपराध तथा अपराधीहरूप्रति कुनै पनि प्रकारको लचकता देखाइने छैन। उनले भने, कानून व्यवस्थालाई कायम राख्नको लागि पुलिसलाई आवश्यक कारबाही गर्ने पूर्ण स्वतन्त्रता दिइएको छ।

बारुइपुरमा नाबालिकसित भएको दुष्कर्म एवं हत्या मामिलामा आरोपीको पुलिस भिड़न्तमा मृत्यु भएको सम्बन्धमा बिहीवार प्रतिक्रिया व्यक्त गर्दै मन्त्री दिलीप घोषले भने, गुजरात, महाराष्ट्र, उत्तर प्रदेश, बिहार, असम औ मध्य प्रदेशमा जस्तै पश्चिम बङ्गालमा पनि पुलिसलाई कानून अनुसार कार्य गर्ने सेमान स्वतन्त्रता प्राप्त छ। उनले भने, अपराध अनि अपराधीहरूलाई कुनै पनि प्रकारको छुट दिइनेछैन। कानून-व्यवस्थालाी पुनर्स्थापना गर्नको लागि आवश्यक सबै कदम उठाइनेछ।

दिलीप घोषले भने, कानून-व्यवस्थालाई कायम राख्ने कुनै निश्चित मोडल हुँदैन। परिस्थिति अनुसार पुलिसलाई जे आवश्यक लाग्छ, त्यो गर्नेछ। राज्य सरकारले पुलिसलाई पूर्ण स्वतन्त्रता दिएको छ। कानून-व्यवस्थालाई सामान्य बनाइराख्नको लागि हरसम्भव प्रयास गरिँदैछ। उनले भने,स्थितिलाई नियन्त्रण गर्नको लागि जे आवश्यक हुन्छ, त्यो सरकारले गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande