
गुवाहाटी, 09 जुलाई (हि.स.)। गुवाहाटीको हाथीगाउँ थाना पुलिसले गुप्त सूचनाको आधारमा अरुणोदय पथस्थित मिनी ताजमहलको छेउमा छापेमारी गरेर 47.38 किलोग्राम गाँजा जफत गऱ्यो भने तीन जना कथित तस्करहरूलाई पनि पक्राउ गऱ्यो।
पुलिसले पहिला एउटा भाड़ाको घरमा खोजी अभियान सञ्चालन गऱ्यो जहाँबाट बरपेटा निवासी असमिनुर मियाँ (24) र दरङ्ग निवासी रुस्तम अली (56)-लाई पक्राउ गऱ्यो। एनडीपीएस अधिनियम अन्तर्गत सबै कानूनी औपचारिकता पूरा गरिएपछि खानतलासी गर्दा 58 किलोग्राम गाँजा र दुई वटा मोबाइल फोन जफत गरियो। जाँचबुझमा दुवै आरोपीले बताए, जफत गरिएको गाँजा उनीहरूलाई गुवाहाटीको बेहरबाड़ी चारियाली फ्लाइओभरको छेउमा पसल सञ्चालनगर्ने अख्तर अलीले उपलब्ध गराएको थियो। त्यसपछि पुलिसले अख्तर अलीको पसलमा पनि खानतलासी गऱ्यो जहाँबाट 1.58 किलोग्राम गाँजा जफत गरियो। त्यसपछि अख्तर अलीलाई पनि पक्राउ गरियो।
यस कारबाहीमा 47.38 किलोग्राम गाँजा जफत गरिएको छ। पुलिसले तीनै आरोपीहरूलाई हिरासतमा लिएर एनडीपीएस अधिनियम अन्तर्गत आवश्यक कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा