
दक्षिण 24 परगना, 09 जुलाई (हि. स.)। जिल्लाको बारुइपुरमा नाबालिकसित भएको दुष्कर्म औ हत्याको मामिलापछि शुरू भएको हिंसालाई लिएर पुलिसले कारबाहीलाई तीव्रता दिएको छ। पुलिसमाथि हमला, सड़क औ रेल अवरोध, आग्निकाण्ड, सार्वजनिक सम्पत्तिलाई नोक्सान पुऱ्याएको तथा एकजना युवकको कुटेरै हत्या गरेको आरोपमा गए बुधवार रातभरि सञ्चालित अभियानको क्रममा 22 जना मानिसहरूलाई पक्राउ गरियो जसबाट यस मामिलामा पक्रा पर्ने आरोपीहरूको सङ्ख्या बढ़ेर 40 पुगेको छ।
पुलिस अनुसार गए बुधवार 18 जना मानिसहरूलाई पक्राउ गरिएको थियो जोसित भएको जाँचबुझमा खुलासा भएको तथ्यको आधारमा अन्य आरोपीहरूको खोजीमा लगातार छापामारी गरियो। बिहीवार बिहानसम्ममा थप 22 जना आरोपीहरूलाई पक्राउ गरियो। सबै आरोपीहरूलाई बारुइपुर महकमा अदालतमा पेश गरी पुलिस हिरासतको माग गरिनेछ।
गत आइतवार नाबालिक पीड़िताको शव भेटिएपछि क्षेत्रमा धेरै पटक हिंसा भएको थियो। यसै अवधि शङ्काको आधारमा एकजना युवकको भीड़ले कुटेरै हत्या गरिदियो। यस अतिरिक्त रेल र सड़क अवरोध, अग्निकाण्ड तथा पुलिसकर्मीहरूमाथि हमला भएका घटाहरू पनि प्रकाशमा आए।
पुलिसको भनाइ छ, एक्समा भाइरल भएको भीडियो र अन्य फुटेजको जाँचको आधारमा आरोपीहरूलाई चिन्हित गरिएकोछ। यी साक्षीहरूको आधारमा लगातार पक्राउ गरिँदैछ भने भगौड़ा आरोपीहरूको खोजी कार्य जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा