
-मुख्यमन्त्रीले भने- बिचौली तन्त्र समाप्त हुनेछ
कोलकाता, 09 जुलाई (हि. स.)। पश्चिम बङ्गाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढ़ाउने तथा कथित बिचौली तन्त्रमाथि रोक लगाउनको लागि स्वास्थ्य भवनमा एक केन्द्रिय कन्ट्रोल रूप स्थापना गरेको छ। बिहीवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले कन्ट्रोल रूमको निरीक्षण गरेपछि भने, अब राज्यका सबै सरकारी अस्पतालहरूको निगरानी यहीँबाट गरिनेछ ताकि रोगीहरूलाई बिचौली बिनाको उन्नत स्वास्थ्य सेवा प्राप्त हुन सकोस्।
मुख्यमन्त्रीले भने, अस्पतालहरूमा राम्रो माहोललाई कायम राख्नको लागि लगातार निगरानी राख्न आवश्यक छ। अस्पतालहरूमा कार्यरत डाक्टर, नर्स औ अन्य स्वास्थ्यकर्मी अनुभवी छन्। उनीहरूलाई कुशल कार्य वातावरण तथा पर्याप्त सुरक्षा उपलब्ध गराउन आवश्यक छ। सरकारले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नेछ अनि अस्पतालहरूमा हनसक्ने कुनै पनि प्रकारको अवैध गतिविधिमाथि नजर राख्नेछ।
उनले बताए, कन्ट्रोल रूमको निगरानी व्यवस्थाको माध्यमबाट संदिग्ध गतिविधिहरूलाई चिन्हित गरिनेछ। यदि कुनै व्यक्तिलाई स्पष्ट कारण बिनै दुई दिनसम्म अस्पतालमा घुमिरहेको देखिए, उसको जाँच गरिनेछ। मुख्यमन्त्रीले भने, सामान्यतय रोगीहरू लगातार दुई दिनसम्म अल्ट्रासोनोग्राफी जस्तो जाँच गराउनका लागि आउँदैनन्, त्यसैले यस्ता गतिविधिहरूबाट बिचौलीहरूलाई चिन्हित गर्न मद्दत पुग्नेछ।
मुख्यमन्त्रीले बताए, उनले हालैमा केही सरकारी अस्पतालको भ्रमण गरेका थिए। उनले अस्पतालहरूको सर-सफाई तथा स्वास्थ्य कर्मीहरूको कार्यको सराहना गर्दै भने, प्रशासनिक अधिकारीहरू पनि सक्षम छन्, उनीहरूलाई सही दिशानिर्देश दिएर व्यवस्थालाई अझ प्रभावकारी बनाउन सकिन्छ।
स्वास्थ्य सुविधाहरूको विस्तार बारे मुख्यमन्त्रीले बताए, न्यू टाउनमा अडानी समूहद्वारा दुई हजार पलङको आधुनिक अस्पताल निर्माण गरिँदैछ जसको उद्घाटन चाँड़ै हुनेछ। यस अस्पतालमा एक हजार पलङ आर्थिक रूपमा कमजोर वर्गको लागि आरक्षित रहेछ।
उनले यो पनि घोषणा गरे, राज्यका सबै प्रमुख अस्पतालहरूमा चरणबद्ध ढङ्गमा पलङहरूको सङ्ख्या बढ़ाइनेछ। एसएसकेएम अस्पतालमा दुर्गापूजापूर्व 200-250 अतिरिक्त पलङ थपिनेछ भने आईसीयूमा पलङको सङ्ख्या 112देखि बढ़ाएर न्यूनतम 200 बनाइनेछ।
मुख्यमन्त्रीले भने, हालैमा भएको तारातला दुर्घटनाले स्पष्ट बनाएको छ कि राज्यमा ट्रमा केयर सुविधाहरूलाई अझ मजबुत बनाउ आवश्यक छ। उनले स्वास्थ्य मन्त्री औ स्वास्थ्य सचिवलाई निर्देश दिएका छन्, अत्याधुनिक ट्रमा सेन्टर विकसित गर्न सकिने स्थानहरूलाई चिन्हित गरियोस् ताकि आपतकालीन स्थितिमा एकैसाथमा 250 जना मानिसहरूलाई तत्काल उपचार उपलब्ध गराउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा