सड़क दुर्घटनामा युवकको मृत्यु
सड़क दुर्घटनामा युवकको मृत्यु


पश्चिम मेदिनीपुर, 09 जुलाई (हि. स.)। मेदिनीपुर जिल्लाको दाँतन थाना क्षेत्रमा बिहिवार बिहान खड़गपुर–बालेश्वर राष्ट्रिय राजमार्ग संख्या-16 मा भएको सड़क दुर्घटनामा एक जना युवकको मृत्यु भयो भने अन्य दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भए। यी तीनै जना युवकहरू मोटरसाइकल मार्फत केशपुरदेखि दिघा गइरहेका थिए। मृतकको नाम अभिषेक मण्डल (25) हो।

पुलिस अनुसार केशपुर थाना क्षेत्रको दक्षिण पड़शुड़ा गाउँ निवासी तीन जना युवकहरू एउटै मोटरसाइकलमा सवार भएर दिघा तर्फ गइरहेका थिए। दाँतन थाना क्षेत्रको सास्तानगर निकट उनीहरूको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको लरीसित ठोक्कियो। स्थानीय मानिसहरूले पुलिसलाई घटना बारे जानकारी दिए। सूचना पाएर दाँतन थानाको पुलिस तथा राष्ट्रिय राजमार्ग प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगे अनि घाइतेहरूलाई तत्कालै दाँतन ग्रामीण अस्पतालमा पुऱ्याए। त्यहाँ चिकित्सकहरूले अभिषेक मण्डललाई मृत घोषित गरिदिए।

स्थिति गम्भीर भएपछि अन्य दुई जना घाइतेहरूलाई उन्नत उपचारको निम्ति मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।

पुलिसले दुर्घटनाग्रस्त मोटरसाइकललाई आफ्नो कब्जामा लिएको छ। दुर्घटनापछि लरीसितै भागेको चालकलाई खोज्न शुरू गरिएको छ।

अभिषेक मण्डलको असमय मृत्युको सूचनाले दक्षिण पड़शुड़ा गाउँ शोकमा डुबेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलामा अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande