स्वयं सहायता समूह ऋण अनियमिततालाई लिएर पञ्चायत कार्यालयमा विरोध प्रदर्शन
स्वयं सहायता समूह ऋण अनियमिततालाई लिएर पञ्चायत कार्यालयमा विरोध प्रदर्शन


खड़गपुर, 09 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको डेबरा प्रखण्डको सत्यपुर ग्राम पञ्चायतमा स्वयं सहायता समूहहरूको नाममा ब्याङ्क खाताबाट ऋण लिएर कथित रूपमा करोड़ौं रुपियाँ पचाएको आरोपलाई लिएर समूहका महिलाहरूले पञ्चायत कार्यालमा ताला लगाएर विरोध प्रदर्शन गरे। प्रदर्शनको कारणले पञ्चायतकर्मीहरूलाई अबेर साँझसम्म कार्यालयमै बस्नुपऱ्यो। पछि स्थानीय विधायकले मामिलाको जाँच गराउने आश्वासन दिइएपछि प्रदर्शनकारीहरूले ताला खोलिदिए।

प्रशासनिक सूत्र अनुसार सत्यपुर ग्राम पञ्चायतमा लगभग साढ़े चार सय स्वयं सहायता समूहहरू छन्। यीमध्ये अधिकांश समूहहरू सङ्घमित्र सङ्घको अधिनमा काम गर्दथे जसकी सचिव मालविका बेरा हुन्।

आरोप छ, विभिन्न स्वयं सहायता समूहहरूको नाममा ब्याङ्कबाट ऋण लिएर त्यसको राशि दुरूपयोग एवं हिनामिना गरियो। यसै आरोपलाई लिएर एक साताअधघि पनि क्षेत्रमा व्यापक विरोध प्रदर्शन भएको थियो। आरोप सार्वजनिक भएदेखि यता मालविका बेरा बेपत्ता भएकी छन्। पुलिसले तिनका पतिलाई जाँचबुझ गर्नको लागि हिरासतमा लिएको थियो, तर पछि छोड़िदियो। त्यसबेला पुलिसले सात दिनभित्रमा अनुसन्धान गरेर आवश्यक कारबाही गर्ने आश्वासन दिएको थियो।

प्रदर्शनकारीहरूको आरोप छ, प्रशासनले अहिलेसम्म कुनै ठोस कदम उठाएको छैन जसको विरोधमा बुधवार पञ्चायत कार्यालयमा ताला लगाएर प्रदर्शन गरिएको हो।

प्रदर्शनकारी महिलाहरूको दाबी छ, न्यूनतम पनि तीन करोड़ रुपियाँ हिनामिना भएको छ। प्रशासनिक सूत्र अनुसार प्रारम्भिक जाँचमा लगभग 60 -70 लाख रुपियाँ हिनामिना भएको सङ्केत प्राप्त भएको छ भने रहल राशिको सम्बन्धमा जाँच भइरहेको छ।

डेबराका खण्ड विकास अधिकारी प्रियब्रत राढ़ीले बताए, मालविका बेरा विरूद्ध थानामा प्राथमिकी दर्ता गराइएको छ। पुलिसानुसार उनी भागेकी छन् जसलाई खोज्नको लागि अभियान चलाइएकोछ।

बिहिवार डेबराका भाजपा विधायक शुभाशिष ओमले भने, उनले प्रदर्शनकारीहरूको सिकायत सुनिसकेका छन्। प्रशासनलाई पनि सम्पूर्ण मामिला बारे अवगत गराइएको छ। उनले निष्पक्ष जाँच गर्ने माग गर्दै स्वयं सहायता समूहहरूका महिलाहरूले न्याय पाउनुपर्छ भने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande