सेवानिवृत कर्मीको वित्तीय लेनदेनको जाँच, सुभाष नगरमा ईडीको छापामारी
सेवानिवृत कर्मीको वित्तीय लेनदेनको जाँच, सुभाष नगरमा ईडीको छापामारी


पश्चिम बर्दवान, 9 जुलाई (हि.स.) पश्चिम बर्दवान जिल्लाको अण्डाल स्थित सुभाष नगर क्षेत्रमा बिहीवार बिहान प्रवर्तन निदेशालय (ईडी)- को टीमले केन्द्रिय सुरक्षा बलको साथमा छापामारी गऱ्यो। बिहान लगभग 8:15 बजी शुरू भएको यस कारबाही अन्तर्गत अधिकारीहरूले एउटा घरभित्र पसेर जाँच शुरू गरे। यस घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचाएको छ।

जानकारी अनुसार ईडीको टीम पुगेको घर राम मल्लिकको हो। उनका पिता दिलीप मल्लिक इस्टर्न कोलफील्ड्स लिमिटेड (ईसीएल)- का सेवानिवृत्त कर्मचारी रहेको बताइएको छ। ईडीको टीमले घरभित्र वित्तीय दस्तावेज, ब्याङ्कको लेन-देनसित सम्बन्धित रेकर्ड तथा सम्पत्ति सम्बन्धि दस्तावेजहरूको गहन जाँच गरिरहेको छ।

सूत्र मुताविक यस अवधि अधिकारीहरूले केही महत्वपूर्ण दस्तावेजहरूको जाँच गरिरहेका छन्। यद्यपि यो छापामारी कुन मामिलामा गरिरहेको, ईडीद्वारा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन। एजेन्सीले कारबाहीको कारणलाई लिएर हाल मौन धारण गरेको छ।

छापामारी भएको खबर पैलिनसाथ क्षेत्रमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो। कुनै पनि अप्रिय स्थितिदेखि बच्नको लागि केन्द्रिय सुरक्षा बलहरूले सम्पूर्ण क्षेत्रलाी घेराबन्दी गरी सुरक्षाको कड़ा बन्दोबस्त गरेका छन्। हाल ईडीको टीम घरभित्रै छ। एनफोर्समेन्ट डिपार्मेन्टका अधिकारीहरूद्वारा कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande