नदियामा ईडीको छापामारी, चिटफण्ड मामिलामा व्यापारीको घरमा खानतलासी
नदियामा ईडीको छापामारी, चिटफण्ड मामिलामा व्यापारीको घरमा खानतलासी


कोलकाता, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालको नदिया जिल्लामा चिटफण्डसित सम्बन्धित कथित वित्तीय अनियमितताहरूको जाँच गर्ने सिलसिलामा प्रवर्तन निदेशालय (ईडी)-ले बिहीवार बिहान ठूलो कारबाही गऱ्यो। ईडीको टीमले केन्द्रिय सुरक्षा बलका जवानहरूको साथमा ताहेरपुर थाना क्षेत्रको कालीनारायणपुरस्थित कारोबारी शुभ्र कान्ति नागको आवासमा छापामारी अभियान शुरू गऱ्यो।

जानकारी अनुसार ईडीका पाँच जना अधिकारीहरूको टीम बिहानै शुभ्र कान्ति नागको घरमा पुग्यो अनि सम्पूर्ण परिसरलाई सुरक्षा घेरामा लिएर खानतलासी गर्न शुरू गऱ्यो। भनिन्छ, शुभ्र कान्ति नाग एक निवेश आधारित वित्तीय संस्थासित जोड़िएका छन् र त्यसैको सम्बन्धमा वित्तीय लेनदेनको जाँच अन्तर्गत यो कारबाही गरिएको हो।

ईडीको टीमले घरका दस्तावेजहरू, वित्तीय रेकर्ड औ अन्य महत्वपूर्ण सामग्रीको जाँच गरिरहेको छ। यो समाचार लेखुञ्जेलसम्म खोजी अभियान जारी थियो। हाल ईडीको पक्षबाट अहिलेसम्म यस मामिलामा कुनै आधिकारिक बयान जारी गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande