
सिलगढ़ी, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर.एन. रवि बिहीवार बिहान उत्तर बङ्गाल दौड़ाह अन्तर्गत सिलगढ़ी आइपुगेका छन्। उनले बिहीवारै उत्तर बङ्गाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 वटा विश्वविद्यालयहरूका कुलपति एवं रजिस्ट्रहरूसित महत्वपूर्ण बैठक गर्नेछन्।
सूत्र अनुसार बैठकको मुख्य उद्देश्य राज्यको उच्च शिक्षा व्यवस्था, विश्वविद्यालयहरूको बुनियादी ढाँचा, शैक्षणिक गुणवत्ता, प्रशासनिक चुनौती र त्यसको समाधानमाथि विस्तृत चर्चा गरिनेछ। राज्यपालले विश्वविद्यालयहरूको वर्तमान स्थितिको समीक्षा गर्दै शिक्षा व्यवस्थालाई मजबुत बनाउनको लागि आवश्यक सुझाउहरूमाथि विचार-विमर्श गर्नेछन्।
यो बैठक उत्तर बङ्गाल विश्वविद्यालय परिसरमा आयोजना भइरहेको भए पनि उत्तर बङ्गाल विश्वविद्यालयका कुनै पनि प्रतिनिधिलाई यस बैठकमा आमन्त्रित गरिएको छैन। यस मुद्दालाई लिएर विभिन्न स्तरहरूमा चर्चा शुरू भएको छ।
राज्यपालको यस बैठकलाई राज्यको उच्च शिक्षा व्यवस्थासित जोड़िएका केही महत्वपूर्ण मुद्दाहरूमा अग्रिम दिशा तय गर्ने उद्देश्यले महत्वपूर्ण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा