
कोलकाता, 09 जुलाई (हि. स.)। पश्चिम बङ्गालको दक्षिणी औ पश्चिमी जिल्लाहरूमा बिहीवार सवेरैदेखिको मौसमको स्वरूप फेरिएको छ। पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम र पुरुलिया सहित केही जिल्लाहरूमा एकाबिहानै मुसलधारे तथा रोकिँदै परिरहेको पानीले जनजीवनको गति प्रभावित भएको छ। मौसम विभाग अनुसार बङ्गालको खाड़ीमा विकसित मौसमी तन्त्रको प्रभावले गर्दा आगामी 24-देखि 48 घण्टाको अवधिमा राज्यका विभिन्न भागहरूमा अति भारी वर्षा तथा वज्रपात हुने आशङ्का कायम छ।
खड़गपुर, पश्चिम मेदिनीपुर, विष्णुपुर, झाड़ग्राम, दाँतन औ नारायणगढ़मा गए बुधवार अबेर राति तथा बिहिवार भोरबाटै घना बादल छाएको छ।अविरल वर्षा पनि भइरहेको छ जसले गगर्दा बिहान कार्यालय, बजार, विद्यालय जाने मानिसहरूलाई विविध समस्यासित जुझ्नुपऱ्यो। धेरै वटा तल्लो क्षेत्रहरू जलमग्न भएका छन्। पुरुलिया तथा वरपरका पहाड़ी अनि मैदानी क्षेत्रहरूमा पनि सवेरैदेखिको वर्षा दर्ता गरिएको छ जसले गर्दा तापमान घटेको छ।
पर्यटन स्थल दिघा तथा पूर्व मेदिनीपुरका अन्य तटीय क्षेत्रहरूमा भोर बिहानदेखिकै मुसलाधारे वर्षासँगसँगै तीव्र हावा पनि चलिरहेको छ। मौसमको परिवर्तित स्वरूपलाई केन्द्र गर्दै प्रशासन सतर्क भएको छ। समुद्रमा अग्ला-अग्ला छालहरू उठेका कारणले सतर्कतास्वरूप पर्यटनहरूलाई समुद्रमा जानदेखि रोक लगाइएको छ। तटीय क्षेत्रहरूमा लगातार माइकिङ्ग गरी मानिसहरूलाई सतर्क बस्ने सल्लाह दिइएको छ।
क्षेत्रीय मौसम विज्ञान केन्द्र, कोलकाता अनुसार महानगर कोलकाता तथा संलग्न हावड़ा, हुगली, उत्तर 24 परगना औ दक्षिण 24 परगना जिल्लामा दिनभरि आकाश मुख्य रूपमा बादलले ढाकिरहनेछ। कोलकाताको अधिकतम तापमान 31-33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 27 डिग्री सेल्सियस रहने अनुमान छ। हावामा आद्रता 80-90 प्रतिशतसम्म रहेको कारणले पानी परिरहँदा पनि आद्रता कायम रहनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा