
मेदिनीपुर, 09 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी थाना क्षेत्रस्थित खाजरा निवासी ठेकादार तथा तृणमूल कङ्ग्रेसका नेता पीयूष चन्द्रलाई सरकारी परियोजनाको पाइपलाई अवैध रूपमा भण्डारण गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। पुलिसले गए बुधवार अबेर राति अभियान सञ्चालन गरी उनलाई हिरासतमा लिएको हो।
पुलिस सूत्र अनुसार आरोपीविरुद्ध सरकारी परियोजनामा प्रयुक्त पाइपलाई अवैध रूपमा जमा गरेको आरोप छ। यस अतिरिक्त उनीविरूद्ध प्राप्त अन्य सिकायतहरूको पनि जाँच गरिँदैछ।
स्थानीय सूत्रको दाबी छ, पीयूष चन्द्रलाई क्षेत्रकी तृणमूल कङ्ग्रेसकी एकजना महिला नेताको निकट सहयोगी मानिन्छ। तथापि यस सम्बन्मा सम्बन्धित नेताको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै प्रतिक्रिया प्राप्त भएको थिएन।
पुलिसको भनाइ छ, मामिलाको विस्तृत जाँच गर्न शुरू गरिएको छ। यो पत्तो लगाइँदैछ कि सरकारी सामग्रीहरूलाई कसरी अनि कुन उद्देश्यले भण्डारण गरिएको थियो। जाँंचमा यदि अन्य व्यक्तिहरूको संलिप्तता रहेको थाहा लागे सम्बन्धित व्यक्तिहरूविरूद्ध पनि कानूनसम्मत कारबाही गरिनेछ।
घटनापछि केशियाड़ीको खाजरा क्षेत्र सहित स्थानीय राजनीतिक जगतमा चर्चा चुलिएको छ। पुलिसको भनाइ छ, जाँच पूरा भएपछि मामिलासित सम्बन्धित अन्य तथ्यहरूको खुलासा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा