अवैध असुलीको आरोपमा तृणमूल नेताको घरमा प्रदर्शन, अण्डा फालियो
अवैध असुलीको आरोपमा तृणमूल नेताको घरमा प्रदर्शन, अण्डा फालियो


खड़गपुर, 09 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लान्तर्गत खड़गपुर-1 नम्बर विकास खण्डको बड़कुला क्षेत्रका पूर्व तृणमूल अध्यक्ष अजीत दास महापात्रको घरमा घेराउ गरी व्यापक प्रदर्शन गरियो। यस अवधि अजीत दासमाथि कुहिएका सब्जी अनि अण्डाहरू फालिेको आरोप छ। घटनाको कारणले क्षेत्रको माहोल तनाउग्रस्त भयो।

प्रदर्शनकारीहरूको आरोप छ, पूर्व स्थानीय अध्यक्षले गरीब मानिसहरूलाई सरकारी आवास योजना अन्तर्गत घर दिलाउने नाममा प्रत्येक लाभार्थीबाट 20 हजार रुपियाँं अनि कारखानाको नाममा नोकरी दिलाउने आश्वासन दिएर 15 हजार रुपियाँ लिएका छन्। यस अतिरिक्त सड़क निर्माणको कार्यमा पनि उनले व्यापक मात्रामा अवैध असुली गरेका छन्।

प्रदर्शनकारीहरूको भनाइ छ, सरकारी योजनाहरूको लाभ दिलाउने नाममा जुन मानिसहरूबाट पैसा लिइएको छ, उनीहरूलाई सम्पूर्ण राशि तत्काल फर्काइयोस्। पूर्व क्षेत्राध्यक्ष लामो समयदेखिकै विभिन्न प्रकारका भ्रष्टाचारहरूमा संलिप्त रहेको आरोप पनि स्थानीयहरूले लगाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande