
सिलगढ़ी, 09 जुलाई (हि.स.)। राष्ट्रिय राजमार्ग-10 स्थित सेवक औ बाघपुलस्थित कालिमन्दिरको बीचमा बिहीवार फेरि पैह्रो गएको कारणले यातायात पूर्म रूपले बाधित भएको छ। पहाड़बाट झरिरहेका ढुङ्गा-माटोले सड़क अवरूद्ध भएको छ जसले गर्दा यात्रीहरूलाई विभिन्न असुविदाको सामना गर्न परिरहेको छ।
जानकारी अनुसार आपदा प्रबन्धन विभागका मशिनहरू सड़क सफा गर्नको लागि घटनास्थलमा पुगिसकेका छन्। भनिन्छ, चाँड़ै नै सड़क सफा गरेर यातायात पुनर्बहाल गरिनेछ। तथापि यातायात सामान्य हुनमा समय लाग्नसक्छ। यता बाघपुलदेखि रम्फूसम्मको मार्ग हाल पूर्ण रूपले सुचारू रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा