
इम्फाल, 09 जुलाई (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूद्वारा सञ्चालित उग्रवाद तथा मादक पदार्थहरूको तस्करी विरोधी अभियान अन्तर्गत बितेको 24 घण्टाभित्रमा प्रतिबन्धित सङ्गठनहरूका दुई जना सक्रिय उग्रवादीहरूलाई पक्राउ गरिएको छ। साथै संयुक्त अभियानमा लगभग 22 किलोग्राम मेथामफेटामाइन (वाईवाई ट्याबलेट) पनि जफत गरिएको छ।
आज दिइएको आधिकारिक जानकारी अनुसार मणिपुर पुलिसले बुधवार प्रतिबन्धित सङ्गठन केवाईकेएलका सक्रिय उग्रवादी ताखेल्लाम्बम ग्रेमीचन्द उपनाम इनाओचा सिंह (52)-लाई इम्फाल पूर्व जिल्लाको इरिलबुङ्ग थाना क्षेत्रको कालिका बामोन काम्पू क्षेत्रबाट पक्राउ गऱ्यो भने उसको कब्जाबाट एउटा 9 एमएम पिस्तोल, दुई वटा म्यागजिन औ 70 वटा जिउँदो कारतूस जफत गरियो।
यसअघि सुरक्षा बलहरूले प्रतिबन्धित सङ्गठन केसीपी (पीडब्ल्यूजी)- का सक्रिय उग्रवादी अङ्गोम चिङ्गखेङ्गनबा मैतेई (27)-लाई काकचिङ्ग जिल्लाको वैखोङ्ग थाना क्षेत्रको आइहाङ्ग भिलेज गेटबाट पक्राउ गरे जो कथित रूपमा धन उपार्जनमा सामेल थियो।
यसै दिन मणिपुर पुलिस र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)- को संयुक्त टीमले चुराचाँदपुरस्थित पाओमिनलिन मुनलोको घरमा छापामारी गरी 19 वटा प्याकेटहरूमा राखिएको लगभग 22 किलोग्राम वाईवाई ट्याबलेट (मेथामफेटामाइन) जफत गऱ्यो। घटनास्थलबाट एउटा महिन्द्र बोलेरो वाहन पनि जफत गरियो।
यसबीच सुरक्षा बलहरूले राज्यका संवेदनशील औ सीमावर्ती क्षेत्रहरूमा खोजी अभियान तथा क्षेत्र प्रभुत्व अभियान जारी राखेका छन्। राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लादिएका 151 वटा वाहनहरूको सुरक्षित आवागनलाई सुनिश्चित गरिएको छ। पहाड़ी एवं उपत्याका क्षेत्रका विभिन्न जिल्लाहरूमा 114 वटा नाका एवं चेक पोस्ट स्थापित गरी सुरक्षा व्यवस्थालाई अझ् मजबुत बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा