राज्यपाल आरएन रविको अध्यक्षतामा 20 वटा विश्वविद्यालयहरूका कुलपतिहरूको बैठक सम्पन्न, उच्च शिक्षा व्यवस्थाको समीक्षा
राज्यपाल आरएन रविको अध्यक्षतामा 20 वटा विश्वविद्यालयहरूका कुलपतिहरूको बैठक सम्पन्न, उच्च शिक्षा व्यवस्थाको समीक्षा


सिलगढ़ी, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले बिहीवार उत्तर बङ्गाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 वटा विश्वविद्यालयहरूका कुलपति तथा रजिस्ट्रारहरूसित एक महत्वपूर्ण बैठक गरे। यस बैठकको मुख्य उद्देश्य राज्यको उच्च शिक्षा व्यवस्था अनि विश्वविद्यालयहरूको बुनियादी ढाँचाको स्थितिको जायजा लिनु थियो।

बैठकमा आलिया विश्वविद्यालय, अलिपुरद्वार, बाँकुड़ा, विश्व बङ्गला, कुचबिहार पञ्चानन वर्मा, दक्षिण दिनाजपुर, दार्जीलिङ हिल, डायमण्ड हार्बर महिला, गौड़बङ्ग, हरिचाँद-गुरुचाँद, हिन्दी, कन्याश्री, महात्मा गान्धी, मुर्शिदाबाद महाराजा कृष्णनाथ, रायगञ्ज, रानी रासमणि ग्रीन, साधु रामचन्द्र मुर्मू, संस्कृत कलेज, सिधु-कानू-बिरसा औ नेताजी सुभाष मुक्त विश्वविद्यालयहरूका प्रतिनिधिहरू उपस्थित थिए। बैठक उत्तर बङ्गाल विश्वविद्यालयमा सम्पन्न भए पनि यस विश्वविद्यालयका प्रतिनिधिहरू भने यसमा सामेल भएनन्।

बैठकमा कुलपतिहरूले आ-आफ्नो विश्वविद्यालयको वर्तमान स्थिति, प्रमुख समस्या तथा प्रशासनिक चुनौतीहरूलाई विस्तार पूर्वक राखे। उनले बुनियादी ढाँचाको अभाव, रजिस्ट्रर औ वित्त अधिकारी जस्ता महत्वपूर्ण पदहरू रिक्त रहेको, प्रोफेसरहरूको नियुक्तिमा ढिल्याई तथा अन्य शैक्षणिक अनि प्रशासनिक समस्याहरू तर्फ राज्यपालको ध्यानआकर्षण गराए।

यस अवसरमा राज्यपालले विश्वविद्यालयहरूमा हरेक वर्ष नियमित रूपमा दीक्षान्त समारोह आयोजना गर्ने, संस्थानहरूको स्व-आय बढ़ाउने, स्किल डेभलपमेन्ट कार्यक्रमहरूलाई प्रोत्साहित गर्ने अनि विभिन्न सर्टिफिकेट कोर्स शुरू गर्नेमाथि बल दिए। उनले यो पनि आश्वासन दिए, उनी आफैले विश्वविद्यालयहरूको भ्रमण गरेर समस्या समाधान गर्ने प्रयास गर्नेछन्।

यद्यपि बैठकपछि राज्यपालले पत्रकारहरूसित यस विषयमा कुनै टिप्पणी गरेनन्।

यस महत्वपूर्ण बैठकलाई राज्यको उच्च शिक्षा व्यवस्थामा सुधार ल्याउने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande