
पूर्व मेदिनीपुर, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा भाजपा सत्ता आएपछि स्थानीय निकायको राजनीतिक समीकरण द्रूत गतिमा परिवर्तन भइरहेको छ। यसै क्रममा पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राम-दुई विकास खण्डस्थित खोड़ामबाड़ी-1 ग्राम पञ्चायतमा पनि तृणमूलको कब्जा धराशायी भएको छ। बुधवार आयोजित सामान्य सभामा भारतीय जनता पार्टी (भाजपा)- ले पञ्चायतको नियन्त्रणलाई आफ्नो हातमा लियो। भाजपाकी नमिता कोयाल पात्र ग्राम प्रधान तथा शिवकाली घोड़ाई उपप्रधान निर्वाचित भए।
खोड़ामबाड़ी-1 ग्राम पञ्चायतमा मोठ 15 जना सदस्य छन्। पछिल्लो पञ्चायत चुनाउमा तृणमूल कङ्ग्रेसले आठ वटा तथा भाजपाले सात वटा सीटमा विजय प्राप्त गरेको थियो। यस पञ्चायतकी प्रधान मौमिता खालुआ मन्त्री तथा उपप्रधान सुनिल बरण जना थिए। दुवैले केही दिनपूर्व आ-आफ्नो पदबाट त्यागपत्र दिएका थिए। त्यसपछि गए बुधवार पञ्चायतको सामान्य सबा डाकियो जसमा नयाँ प्रधान अनि उपप्रधान निर्वाचन गरियो।
निर्वाचनमा भाजपाकी नमिता कोयाल पात्रलाई ग्राम प्रधान तथा शिवकाली घोड़ाईलाई उपप्रधान चयन गरियो। पञ्चायतमाथि नियन्त्रण आफ्नो हातमा पाएपछि भाजपा कार्यकर्ताहरूले भगवा अबीर उड़ाएर उत्सव मनाए भने एका-अर्कालाई मिठाई खुवाएर खुशी व्यक्त गरे।
उल्लेखनीय छ, यसपूर्व पनि मेदिनीपुर जिल्ला परिषदमा भारतीय जनता पार्टीले नियन्त्रण स्थापित गरेको थियो भने अब नन्दीग्रामको खोड़ामबाड़ी-1 ग्राम पञ्चायत पनि तृणमूल कङ्ग्रेसको हातबाट उम्किएको छ। राजनीतिक दृष्टिले यसलाई जिल्लामा भाजपाको फेरि अर्को महत्वपूर्ण सफलता मानिँदैछ।
नवनिर्वाचित प्रधान नमिता कोयाल पात्रले भनिन्, उनले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शनमा पञ्चायत क्षेत्रमा विकास कार्यहरूलाई अगाड़ि बढ़ाउनेछन्।
स्थानीय भाजपा नेताहरूको आरोप छ, खोड़ामबाड़ी-1 ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसको कार्यकालमा विकासको नाममा व्यापक भ्रष्टाचार भयो। अब पञ्चायतमा पारदर्शी तथा जनहितकारी विकास कार्यहरूलाई प्राथमिकता दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा