
शोणितपुर (असम), 09 जुलाई (हि.स.)। रङ्गापारा सोशल भोलन्टियर टीम नामक एउटा गैर-सरकारी संस्थाले एक सराहनीय पहल गरेको छ। संस्थाले रङ्गापाराको खेरनी बस्तीस्थित एक नं. वार्डको एलपी स्कूलमा आर्थिक रूपले कमजोर छात्र-छात्राहरूका लागि विशेष ठोस कदम उठाएको छ।
संस्थाद्वारा 'भाग्योदय शिक्षा' नामक कार्यक्रमको माध्यमबाट विद्यार्थीहरूका लागि इङ्गलिश स्पीकिङ्ग, ड्रइङ्ग, नृत्य औ सङ्गीतको प्रशिक्षण शिविर शुरू गरिएको छ। खेरनी बस्ती एलपी स्कूल परिसरमा आयोजित यस प्रशिक्षण शिविरको औपचारिक शुभारम्भ रङ्गापारा थानाका प्रभारी धनजीत हालोई औ एक नं. वार्डका वार्ड कमीश्नरले गरे।
यस कार्यक्रममा समाज सेवी सेवाली कलिता, कुमार प्रधान अन्य सम्मानित अतिथि उपस्थित थिए। साथै प्रायः ग्रामीण क्षेत्रका 50 जना बाल-बालिकाहरू उपस्थित थिए। भाग्योदय शिक्षासित सम्बन्धित केही पदाधिकारी एवं गाउँका अभिभावक आदि उपस्थित थिए।
यस पहलको सबै मानिसहरूले सराहना गरेका छन्। उपस्थित बाल-बालिकाहरूलाई खाद्य सामग्री पनि वितरण गरियो। जानकारी अनुसार संस्थानद्वारा वर्तमान समयमा प्रतिदिन दुई घण्टा शिक्षा प्रदान गर्ने कुरा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा