पुलको अभावमा नौकाबाट विद्यालय जान बाध्य छन् चन्द्रकोणाका विद्यार्थीहरू
पुलको अभावमा नौकाबाट विद्यालय जान बाध्य छन् चन्द्रकोणाका विद्यार्थीहरू


मेदिनीपुर, 09 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको चन्द्रकोणा-एक विकास खण्ड अधिनस्थ बेड़ाबेड़िया ग्राम तथा वरपरका धेरै वटा गाउँका विद्यार्थीहरू सहित ग्रामीणहरू आज पनि पुलको अभावमा यातायातको साधनको रूपमा नौकालाई अप्नाउन बाध्य भइरहेका छन्। विद्यालय जाने स-साना विद्यार्थीहरू दिनहुँ काँधमा किताबको भारी तथा हातमा जुत्ता बोकेर नौका मार्फत नदी तरी स्कूल जान विवश छन्। स्थानीय मानिसहरू अनुसार बेड़ाबेड़िया ग्राम सहित वरिपरीका धेरै वटा गाउँका सयकड़ौं मानिसहरूले पछिल्लो लामो समयदेखिकै पुल निर्माण गर्ने माग गर्दै आइरहेका छन्। अनेकौं पटक प्रशासन तथा जनप्रतिनिधिहरू समक्ष माग राखिएको भए पनि अहिलेसम्म स्थायी समाधान हुन सकेको छैन।

परिणामस्वरूप विद्यार्थी महिला, वृद्ध तथा अन्य ग्रामीणहरूलाई प्रतिदिन नौका मार्फत आवागमन गर्न परिरहेको छ। ग्रामीणहरूको भनाइ छ, वर्षाकालमा स्थिति झन् गम्भीर हुन्छ। जलस्तर बढ़ेर नौका मार्फत आवागमन गर्न अत्यन्त जोखिमपूर्ण हुन्छ। तथापि शिक्षा, उपचार अनि दैनिक आवश्यकताका लागि मानिसहरूलाई यसै मार्गको सहारा लिन परिरहेको छ। ग्रामीणहरूले आरोप लगाए, सरकार तथा प्रशासनिक अधिकारीहरू परिवर्तन भइरहे, तर पुल निर्माण गर्ने उनीहरूको वर्षौं पुरानो सपना अहिलेसम्म पूरा हुन सकेको छैन जसको सोझो प्रभाव शिक्षा, स्वास्थ्य सेवा औ सामान्य जनजीवनमाथि परिरहेको छ।

यस क्षेत्रबाट भारतीय जनता पार्टीका विधायक सुकान्त दोलाईले समस्यालाई स्वीकार्दै भने, विषयलाई गम्भीर रूपमा लिइनेछ तथा आवश्यक कारबाहीको लागि सम्बन्धित विभागसित चर्चा गरिनेछ। ग्रामीणहरूले फेरि एकपटक प्रशासनसित शीघ्र पुल निर्माण गरिदिने माग गरेका छन् ताकि वर्षौंदेखिको व्याप्त समस्याको समाधान हुन सकोस् अनि मानिसहरूलाई जोखिमपूर्ण यातायात गर्न नपरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande