राम मन्दिर प्रकरणमा दोषीहरूमाथि कड़ा कारबाही हुनेछ, विपक्षले राजनीति नगरोस्: पङ्कज चौधरी
राम मन्दिर प्रकरणमा दोषीहरूमाथि कड़ा कारबाही हुनेछ, विपक्षले राजनीति नगरोस्: पङ्कज चौधरी


- भाजपा प्रदेश अध्यक्षले भने, आस्थासित जोड़िएका मामिलाहरूमा सरकार गम्भीर छ, कानूनभन्दा माथि कोही छैन

मिरजापुर, 09 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष पङ्कज चौधरीले अयोध्याको राम मन्दिरमा चढ़ाएको चढ़ावा चोरी भएको मामिलालाई गम्भीर बताउँदै भने, सरकारले यसको निष्पक्ष जाँच गरिरहेको छ। जाँचमा दोषी पाइएका मानिसहरू विरूद्ध कठोर कारबाही हुनेछ। कुनै पनि व्यक्तिलाई कानूनभन्दा माथि मानिनेछैन।

बिहीवार बरौधा कचारस्थित भाजपा कार्यालयमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, भगवान राम करोड़ों मानिसहरूको आस्थाका केन्द्र हुन्। यस्ता मामिलाहरूमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन। सरकारले पूर्ण रूपमा गम्भीर भएर जाँच गरिरहेको छ। दोषीहरूलाई कुनै पनि मूल्यमा छोड़िनेछैन।

विपक्षलाई लक्षित गर्दै भाजपा प्रदेश अध्यक्षले भने, जुन दलले एक समयमा भगवान रामको अस्तित्वमाथि प्रश्न उठाएको थियो तथा रामभक्तहरूमाथि गोली दागेकोमा परिचित भएको थियो आज उसैले नै राम मन्दिरको नाममा राजनीति गरिरहेको छ। जनताले उनीहरूको चरित्र र उद्देश्यलाई राम्ररी बुझेका छन्।

उनले भने, सरकारको प्राथमिकता कानूनको राज स्थापित गर्नु अनि जनताको आस्थाको सम्मान गर्नु हो। यदि कुनै पनि व्यक्तिको संलिप्तता पाइए सम्बन्धित व्यक्तिविरूद्ध कुनै भेदभाव नगरी कारबाही हुनेछ।

उनले अझ् भने, मीडियाले राजनीतिक विषयहरूसँगसँगै जिल्लाका मूलभूत समस्याहरूलाई पनि प्रमुखताले उठाउनुपर्छ। बर्खाको कारणले क्षतिग्रस्त सड़क अनि जलभराउ जस्ता समस्याहरूको समाधान गर्नको लागि सरकारले गम्भीर रूपमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande