एबीवीपीको 78औं दिवसमा सुकान्त मजुमदारले दिए शुभकामना
एबीवीपीको 78औं दिवसमा सुकान्त मजुमदारले दिए शुभकामना


कोलकाता, 9 जुलाई (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- को 78औं स्थापना दिवसमा केन्द्रिय मन्त्री सुकान्त मजुमदारले शुभकामा प्रेषित गरेका छन्।

केन्द्रिय शिक्षा राज्य मन्त्री तथा उत्तर पूर्वी क्षेत्रका कार्यवाहक विकास मन्त्री डा. सुकान्त मजुमदारले बिहीवार सोशल मीडियाको माध्यमबाट दिएका सन्देशमा भने, ''राष्ट्रवादी छात्र सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)-को 78औं स्थापना दिवसको अवसरमा यस सङ्गठनसित आबद्ध देशभरिका असङ्ख्य विद्यार्थीहरूलाई हार्दिक बधाई एवं शुभकामना। हाम्रो शुभकामना छ, अखिल भारतीय विद्यार्थी परिषदले आगामी दिनमा पनि राष्ट्रवाद, चरित्र निर्माण, समाज सेवा औ शिक्षामा सकारात्मक नेतृत्वको आदर्शहरूबाट प्रेरित भएर देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनेछ।

उल्लेखनीय छ, एबीवीपीले प्रत्येक वर्ष 9 जुलाईमा आफ्नो स्थापना दिवस मनाउँछ। यस दिनलाई सम्पूर्ण भारतमा राष्ट्रिय छात्र दिवसको रूपमा पनि मनाइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande